गाँजासहित दुई जना पक्राउ

Rautahat

रौतहट । रौतहटको राजदेवी नगरपालिकाबाट गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ना५१प ५१२२ नम्बरको मोटरसाइकलमा भारततर्फ लैजाँदै गरेको १२ किलो अवैध गाँजा प्रहरीले बरामद गरेको हो ।

गाँजासहित दुर्गा भगवती गाँउपालिका २ का सतिस पाण्डे र सन्दीप पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ । सो गाँजा ओसारपसारका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केदार ढकालले बताए ।

 

प्रतिकृया दिनुहोस