बर्दियामा बस दुर्घटना, ५ जनाको अवस्था गम्भीर

Accide

बर्दिया । हुलाकी सडक अन्तर्गत मधुवन नगरपालिकाको खाता करिडोरको जंगलमा आईतबार बिहान यात्रुबहाक बस दुर्घटना हुदाँ ११ जना घाईते भएका छन् ।

घाईते मध्ये उपचारका लागि नेपालगञ्ज लगिएका ५ जनाको अवस्था केही गम्भिर रहेको ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरिक्षक सुजित कुमार ओझाले जानकारी दिए ।

अन्य घाईते मध्ये केहीलाई स्थानिय मेडिकल र केहीलाई गुलरीया लगिएको प्रहरीले जनाएको छ । शान्तिबजारबाट नेपालगञ्ज जादै गरेको ना ७ ख ७३२८ नम्बरको यात्रुबहाक बस ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरी निरिक्षक ओझाको भनाई छ ।

घाईतेहरु नाम खुल्न सकेको छैन । हुलाकी सडकमा कालोपत्रेको काम भईरहेको अवस्थामा चालकहरुले तिव्र गति सवारी चलाउने गरेका छन् ।

घटना पछि बसका चालक २३ बर्षिया दिवस बुढा मगरलाई प्रहरीले पक्राउ गरेको छ । घटना बारे थप अनुसन्धान भईरहेको र घाईतेहरुको पहिचानको प्रयास भईरहेको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस