विप्लवका कार्यकर्ताद्वारा मालपोत कार्यालय तोडफोड

Choru haru

मकवानपुर । मालपोत कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ताले तोडफोड गरेका छन् ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको उक्क्त कार्यालय तोडफोड गरेको हो । कार्यकर्ताले कार्यालय छिरेर ४ वटा कम्प्युटर तोडफोड गर्नुका साथै अधिकृत मधु लम्साललाई मोसो दलेका छन् ।

तोडफोड र मोसो दलेर कार्यकर्ता फरार भएका छन् ।

तोडफोड भएको नगरपालिका कार्यालयबाट १ सय मिटर पर इलाका प्रहरी कार्यालय पालुङ छ ।

प्रतिकृया दिनुहोस