धनगढीमा मुख्यमन्त्रीको राजीनामा माग्दै आम हडताल जारी

Dhangadhi3

कैलाली । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट गोदावरी सारिएको विरोधमा आम हडताल जारी छ ।

विहानै बजार तथा यातायात सञ्चालनमा आएको भएपनि बन्दकर्ताहरुले बजार तथा यातायात पूर्ण रुपमा बन्द गराएका छन् ।

बन्दका क्रममा हुन सक्ने सम्भावित घटनालाई ध्यान दिंदै सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । सशस्त्र र नेपाल प्रहरीले सडक तथा चोकहरूमा पहरा दिइरहेका छन ।

नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ९मनु० को अध्यक्षतामा नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधि, कांग्रेसका जिल्ला, नगर कमिटिका नेता तथा कार्यकर्ताको उपस्थितिमा भएको आज विहान बसेको बैठकले आम हडताल जारी राख्ने निर्णय गरेको छ । जसका कारण धनगढीको जनजीवन प्रभावित भएको छ ।

बन्दकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी नाराबाजी गर्दै राजीनाको मागेका छन् । प्रदेशसभामा शुक्रबार प्रदेश नं।७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडा नं।२ र ४ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुई तिहाई बहुमतका आधारमा गरिएको थियो ।

आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसले प्रतिपक्षको उपस्थिति बिना गरिएको निर्णय मान्य नहुने भन्दै आन्दोलन चर्किदै आएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बैठक बहिस्कार गरेपनि सत्तापक्षकै सांसदको उपस्थितिमा संसदीय समितिको प्रस्तावलाई बैठकले पास गरेको थियो ।

प्रतिकृया दिनुहोस