त्रिविको प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ

Pagal haru

काठमाडौं । परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ परेका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बिएससी–सिएसआइटी विषयको प्रवेश परीक्षाको प्रश्नपत्र आउट गरेको हो ।

लैनचौरस्थित अमृत साइन्स क्याम्पस ९अस्कल०का अनेरास्ववियुका नेता कमलराज जोशी र प्रवीण अधिकारी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को विशेष टोलीले ताहचलस्थित महेन्द्ररत्न क्याम्पसबाट उनीहरूलाई पक्राउ गरेको हो । सिआइबी प्रमुख डिआइजी नारायणसिंह खड्काले अनधिकृत रूपमा प्रश्नपत्र आउट गरेको अभियोगमा दुईजना विद्यार्थी नेता पक्राउ परेको बताए ।

उनले भने, ‘दुई विद्यार्थी पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । तथ्य फेला परेपछि वास्तविकता सार्वजनिक हुनेछ ।’

प्रहरीका अनुसार उनीहरूले विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर प्रश्नपत्र आउट गरेका थिए । पैसा दिने विद्यार्थीलाई उनीहरूले पश्नपत्र उपलब्ध गराएका थिए । डिआइजी खड्काले भने, ‘उनीहरू प्रश्नपत्र राखिएको ठाउँमा अनधिकृत रूपमा प्रवेश गरेको देखिन्छ । त्यसक्रममा उनीहरूले प्रश्नपत्रको सिल तोडे । मोबाइलमार्फत प्रश्नको फोटो खिचेर सीमित विद्यार्थीलाई पठाएको देखिन्छ ।

यद्यपि, यस विषयमा अनुसन्धान हुँदैछ । उनीहरूको बयान भोलिबाट सुरु हुन्छ । त्यसपछि घटनाको वास्तविकता खुल्ला ।’ घटनापछि अस्कल क्याम्पस तथा महेन्द्ररत्न क्याम्पस ताहचलका केही विद्यार्थी नेता फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस