दुर्घटनामा दुई जनाको मृत्यु

Accident

उर्लाबारी । ट्रकमा मोटरसाइकल ठोक्किँदा दुर्घटनामा परि मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं को ट्रकमा को८प ७२१५ नं को मोटरसाइकल ठोक्किँदा मोरङ, पथरीशनिश्चरेका रोशन शेर्पा र विराटनगर–४ का अनिश राजवंशीको मृत्यु भएको छ ।

शेर्पाको घटनास्थलमै र राजवंशीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए ।

ट्रकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस