पर्यटनमा थाइल्याण्डको फड्को : यसकारण पनि बन्दैछ रोजाईको केन्द्र

Pattaya thailand

थाइल्याण्ड (पटाया) । नवलपरासीका सन्तोष न्यौपाने यतिबेला परिवारको साथमा पटाया शहरमा घुमघाममा व्यस्त छन् । खर्चको हिसावले सस्तो, पर्यटकीय क्षेत्र, सफा, स्वच्छ र सुन्दरता लगायत हरेक हिसावले थाइल्याण्ड उत्तम भएकोले पनि न्यौपानेले पटायालाई रोजेका हुन् ।

गत शनिबार थाइल्याण्डको पर्यटकीय क्षेत्र पटाया नजिकै समुन्द्र किनारमा भेटिएका पोखराका सुजन पोखरेल पाँच जना साथीहरुको साथमा थाइल्याण्ड घुम्न आएका थिए ।

सन्तोष, सुजन र सुजनका साथीहरुका लागि मात्र होइन, प्रत्येक नेपालीका लागि पर्यटकीय गन्तव्य बनेको छ थाइल्याण्ड । नेपालीहरुको महान पर्व दशैँ तिहार नजिकै गर्दा पछिल्लो पटक नेपालीहरु घुम्नका लागि थाइल्याण्ड आउने संख्या झन झन बढ्दै गएको छ ।

नेपालबाट र विश्वका अन्य देशबाट पर्यटकीय मज्जा लिनका लागि दैनिक लाखौँ मानिस थाइल्याण्ड घुम्न आउने गर्छन् । यसरी नेपाली र विश्वका मानिसहरु थाइल्याण्ड जानुको कारण त्यहाँको आकर्षण स्थान, विश्व प्रख्यात थाई मसाज र यौन आनन्द हो ।

पछिल्लो पटक थाइल्याण्डका लागि दैनिक करिव ५ सय वटा भिषा लिएकामध्ये करिव ३ सय जति पर्यटन भिषा लिने गरेको नेपालका लागि थाइल्याण्ड राजदूतावासले जनाएको छ ।

करिव ४०/५० हजारमै थाइल्याण घुम्न जान पाइने भएकोले नेपालीमा थाइल्याण घुम्नु एक संस्कृति जस्तै बन्दै गएको छ । थाइल्याण्डमा पर्यटकका लागि घुम्ने मुख्य ठाउँहरु फुकेट सिटी, सिफि इसल्यान, बैँकक, छिङमाई, पाई, कान्छाना बुरी, खाओसो नेशनल पार्क र लामपाङ हुन् । थाइल्याण्ड दक्षिण पूर्वमा अवस्थित एक रमणीय अनि रमाइलो र सुन्दर देश हो ।

थाइल्याण्ड सरकारले पताया क्षेत्रलाई छुट्टै ‘रेड एरिया’ यौन व्यवसाय क्षेत्र छुटाएर यौन व्यवसायलाई छुट दिएको छ । जहाँ सहजै आफूलाई मन परेका युवती र युवकसँग यौन सम्पर्क राख्न सकिन्छ । यही यौन व्यवसायले गर्दा पनि थाइल्याण्ड सरकारले लाखौँ मात्रामा देश तथा विदेशबाट पर्यटन भित्रयाउन सफल भएको पाइन्छ ।

थाइल्याण भ्रमणमा रहृका काठमाडौंका कुमार पौडेलले भने, ‘थाइल्याण्ड अन्य देशको तुलनामा नेपालीका लागि नजिक पनि छ, रमणीय छ, आउन जान, खान बस्न हरेक हिसावले पैसा पनि सस्तो छ, जे होस नेपालीका लागि थाइल्याण्ड घुम्नका लागि सबै हिसावले ठिक छ ।’

थाइल्याण्ड कुल १४ दिप मिलेर बनेको छ । थाइल्याण्डमा विशेष गरी बुद्ध (९३ प्रतिशत), इस्लाम (करिव ५ प्रतिशत) र (अन्य २ प्रतिशत) धर्म मान्ने मानिस छन् । थाइल्याण्डको क्षेत्रफल पाँच लाख १३ हजार १ सय २० किलो मिटर छ । पानीको प्रतिशत ०.४ प्रतिशत (२,२३० किलोमिटर रहेको छ ।

सन् २०१६ को तथ्यांकलाई हेर्दा थाइल्याण्डको जनसंख्या करिव ६ करोड ८८ लाख ६३ हजार ५१४ रहेको छ । सन् २०१० मा करिव ६ करोड ४७ लाख ८५ हजार ९०९ थियो । थाइल्याण्डको आम्दानीको मुख्य स्रोत पर्यटन (कूल आम्दानीको २० प्रतिशत) हो ।

प्रतिकृया दिनुहोस