राप्रपाले दियो प्रदेश नं. ३ को समितिलाई

Ra pra pa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘बिम्स्टेकका २० : प्राथमिकता र सम्भावना’ सम्बन्धी कार्यशालामा भाग लिन सिंगापुर जानुअघि प्रदेश नं. ३ लाई पूर्णता दिएका छन् ।

अध्यक्ष थापाले शुक्रबार सिंगापुर जानुअघि नै पार्टीको विधान बमोजिम अध्यक्ष कमल थापाले प्रदेश नं. ३ का अध्यक्ष विक्रमबहादुर थापाको सिफारिस अनुसार उपाध्यक्षमा मनोनित गरेका छन् ।

त्यसैगरी मधु अधिकारी (मकवानपुर), निना भेटवाल (काठमाडौं), सचिबमा रिता माझी (रामेछाप), कोषाध्यक्षमा नानु नगरकोटी (काठमाडौंं), सहसचिवमा राजकुमार खड्का (काठमाडौं) लाई मनोनित गरेका हुन् ।

अध्यक्ष थापाले राजन शिवाकोटी (दोलखा), सनबहादुर गुरुङ (चितवन), परशुराम तामाङ (धादिङ), रामहरि न्यौपाने (मकवानपुर), डम्बर शिवाकोटी (काठमाडौं), मिनु तामाङ (काभ्रे), रोमी श्रेष्ठ (काभ्रे), अजय कार्की (रामेछाप), अष्ट महर्जन (ललितपुर), महेश रिमाल (काठमाडौं), मदन शाक्य (काठमाडौं), सरला विक (काठमाडौंं), गंगाबहादुर केसी (काठमाडौं), प्रेमनाथ दुलाल (काठमाडौं) र उत्तम गिरी (भक्तपुर) लाई सदस्यमा मनोनित गरे ।

त्यसैगरी अध्यक्ष थापाले प्रचार विभागको सदस्य सचिबमा सुजित केसी (काठमाडौं) र सदस्यमा राज विक्रम शाह (बर्दिया) तथा आदिवासी जनजाति विभागको सदस्यमा कुमारसिंह लामा (काभ्रे) लाई मनोनयन गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस