राप्रपा अध्यक्ष थापा लागे सिंगापुर

Kamal thapa 1

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा ‘बिम्स्टेकका २० : प्राथमिकता र सम्भावना’ सम्बन्धी कार्यशालामा भाग लिन सिंगापुर प्रस्तान गरेका छन् ।

इन्सटिच्युट अफ साउथ एशियन स्टडिज, कोनार्ड एडिनउर स्टिफटुङ् इन सिंगापुर, र कन्सोर्टियम अफ साउथ एसियन थिङ्क ट्याङ्कको संयुक्त आयोजना आगामी सोमबार हुने कार्यशालामा भाग लिन अध्यक्ष थापा शुक्रबार राती ९ बजे सिंगापुर प्रस्तान गरेका हुन् ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष थापाले सो कार्यशालामा विषेश सम्बोधन गर्ने कार्यतालिका छ । अध्यक्ष थापा सिंगापुर जाने क्रममा राप्रपा सम्बद्ध नेपाली एकता समाजले मलेसियामा गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

अध्यक्ष थापा असोज ९ गते स्वदेश फर्किने छन् ।

प्रतिकृया दिनुहोस