दुई कर्मचारी घुससहित रंगेहात पक्राउ

Pagal haru

वीरगन्ज । अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले घुस लिएको आरोपमा २ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

अख्तियारले वीरगन्ज महानगरपालिकाको शिक्षा शाखाका २ जना कर्मचारीलाई सेवाग्राहीबाट घुस लिनेक्रममा बिहीबार दिउँसो पक्राउ गरेको हो ।

शिक्षा शाखाका अधिकृत मन्जुर आलम र सुब्बा शशीभूषण साह पक्रा परेका छन् । कर्मचारीलाई १–१ लाख घुसको रकमसहित पक्राउ गरेको अख्तियारले बताएको छ ।

एक बोर्डिङ स्कुललाई लाइसेन्स दिएबापत कर्मचारीले घुस मागेका थिए । अख्तियारका अनुसार वीरगन्ज महानगरपालिका–१४ मा रहेको फुर्काउन इन्टरनेसनल एकेडेमी बोर्डिङलाई लाइसेन्स दिन सहयोग गरेकोमा सेवाग्राहीले सञ्चालक एक्बाल हैदरसँग कर्मचारीले जनही १–१ लाख रुपैयाँ घुस मागेका थिए ।

तर, साहले हैदरसँग पैसा लिन भने आफू नगएर आफ्ना भान्जालाई पठाएका थिए । पहिल्यै सूचना पाएको अख्तियारले टोलीले घुसको रकम लिँदालिँदै भान्जा अरुण साहलाई पक्रेको थियो ।

पक्राउ परेका साहले बयानक्रममा मन्जुर र शशीभूषणको नाम लिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । विद्यालयका सञ्चालक हैदारका अनुसार विद्यालयलाई लाइसेन्स दिलाउन सुरुमा कर्मचारले ५ लाखबाट बार्गेङि गर्दै अन्तिममा २ लाखमा सहमति भएका गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...