१८ किलो चरेससहित दुई जना पक्राउ

Arrested

बझाङ । १८ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ ।

मष्टा गाँउपालीकाको कार्यलय नजिकैबाट प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार बेलुका मष्टा गाँउपालिकाबाट सदरमुकाम चैनपुरतर्फ झोलामा चरेस ल्याउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले चरेससहित मष्टा गाँउपालिका वडा नम्बर २ का २० वर्षीया दीपक बुढा र जयपृथ्वी नगरपालिका १० का हस्ता पुरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए ।

दुवैजनाको झोलाबाट नौ–नौ किलो चरेस फेला पारेको प्रहरीले जनाएको छ । विहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर बरामत चरेस र पक्राउ परेकालाई सार्वजनिक गरिने तयारी भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...