आन्दोलनका कारण आज तेस्रो दिन पनि यातायात ठप्प !

Gadi hadtal

विराटनगर । चालकको आन्दोलनका कारण बिहीबार तेस्रो दिन पनि पूर्वी नेपाल तथा देशभर सार्वजनिक यातायात ठप्प भएका कारण हजारौं यात्रुहरु मार्कामा परेका छन् ।

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण आज पनि यातायात ठप्प भएको हो ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐन संसोधनको माग राख्दै उनीहरुले यातायात नचलाउने निर्णय गरेका हुन् । सरकारले जारी गरेको सो ऐन यातायात मजदूरमैत्री नभएको भन्दै संघर्ष समितिले गत मंगलवारदेखि सार्वजनिक यातायात नचलाउने निर्णय गरेका थिए । समितिले माग पूरा नभएसम्म यातायात नचलाउने निर्णय गरेका थिए ।

सो बन्दका कारण पूर्वका झापा, मोरङ, सुनसरीलगायत पूर्वीपहाडी जिल्लाहरूमा सार्वजनिक यातायात ठप्प रहेका छन् । विराटनगरतिर भने केही बसहरु चलेको देखिएता पनि संख्या निकै पातलो रहेको छ ।

मुलुकी ऐनमा सवारी चालकलाई अपराधीसरह बनाएको, जन्म कैदको फैसला गर्ने व्यवस्थाप्रति संघ असन्तुष्ट रहेको र यातायात ठप्प पार्नुको विकल्प नभएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...