चरासँग नेपाल एयरलाइन्सको विमान ठोक्कियो, केही दिन उड्न नसक्ने !

Nepal airlines

काठमाडौं । चरासँग ठोक्किएपछि नेपाल एयरलाइन्सको एउटा विमान केही दिन उड्न नसक्ने भएको छ ।

मलेसियाबाट फर्कने क्रममा बिहीबार त्रिभुवन विमानस्थलमा चरासँग ठोकिएको एयरबस ए ३२० ए के डब्लु ग्राउण्डेड भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

चरासँग ठोक्किँदा पखेटामा क्षति पुगेकाले एयरबस कम्पनीसँग छलफल गरी मर्मत गर्नुपर्ने भएकाले विमान केही दिन उड्न नसक्ने निगमले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस