ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु

Accident 300x204

चितवन । बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तानको मृत्यु भएको छ ।

चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना३ख ८५३९ नं को ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग५प ६२६० नं को मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार ट््याङ्करको ठक्करबाट घाइते भएका दुवैको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने ट््याङ्कर चालकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस