राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले मनायो तीज

Mahila tij

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को जनवर्गीय संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्धारा आयोजित हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

बिहिबार भएको सो कार्यक्रममा सहभागी बक्ताहरुले निर्मलाको हत्यारालाई पत्ता लगाउन नसके महिला संगठन सडकमा उत्रिन बाध्य हुने चेतावनी दिए । उनीहरुले महिलाको हक अधिकार र न्याय पपक्षमा निरन्तर आवाज उठाउने कुरामा पनि जोड दिए ।

सो कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका महिला नेतृहरु मेनुका खाँड केसी, भलोश्वरी प्रजापति, मिना स्वर्णकार लगायतले दुई तिहाई मत भएको सरकारले अपेक्षामा सुशासन र समृद्ध देश बन्न नसकेको गुनासो गरे ।

सो कार्यक्रममा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर राणा, उपाध्यक्ष दिपक बोहोरा लगायतले तीव बद्लिँदै गए पनि तीजको परम्परा भुल्न नहुनेमा जोड दिए ।

कार्यक्रम अष्टमाया लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस