जग्गाको लालपुर्जा साथमा छ भन्दैमा ढुक्क भएर बस्नु भएको छ ? होशियार !

भु-माफियाहरुले सजिलै अरुको नाममा यसरी पास गर्छन् !

Chori2

काठमाडौं । उपत्यका भित्रको जग्गाको लालपुर्जा साथमा छ भन्दैमा ढुक्क भएर बस्नु भएको छ ? होशियार ! तपाईको जग्गा तपाईको नहुन पनि सक्छ । काठमाडौंमा जग्गा दलाली गर्ने गिरोहले तपाईको नक्कली लालपुर्जा, नक्कली नागरिकता, नक्लली वारेस नामसहितको नक्कली जग्गाधनी खडा गर्ने मात्रै होइन मालपोतका कर्मचारीको मिलेमतोमा मालपोत कार्यालयको श्रेस्तानै फेरबदल गरेर जग्गा अर्कैलाई बेचिसकेका हुनसक्छ ।

यस्तै समस्या भोगेको छन् काठमाडौंका चन्दन कृष्ण कायस्थले । बुढानिलकण्ठ स्थित कित्ता न ३२३ र ३२५ को क्षेत्रफल साढे २ रोपनी अर्थात ४० आना जग्गा उनकै नक्कली नागरिकता, नक्कली लालपुर्जा बनाएर काठमाडौं जिल्ला अदालतबाट नक्कली चन्दन कृष्ण कायस्थको वारीस समेत बनाई नागार्जुनका प्रदीप प्रसाद गौतमले काठमाडौंका कृष्ण देवकोटा र रामेछापका धुव्र प्रसाद भट्राईलाई केही दिन अघि मात्रै बेचिसकेका रहेछन् । 

सक्कली जग्गा धनी चन्दन कृष्ण कायस्थ आफ्नो जग्गा अन्य व्यक्तिले नापजाँच गर्न लागेको थाहा पाएर मालपोत कार्यालयमा बुझ्न जाँदा पास भैसकेको थाहा पाए ।

मालपोत कार्यालयमा २४ लाख मात्रै मुल्य देखाइएपनि करिब ६ करोडमा यो जग्गा किनबेच भएको रहेछ । प्रदीप प्रसाद गौतमले काठमाडौंका कृष्ण देवकोटा र रामेछापका धुव्र प्रसाद भट्राईलाई मालपोतमा रहेको श्रेस्ता देखाई आँफु चन्दन कृष्ण कायस्थको वारेस भन्दै बेचेका रहेछन् ।

प्रदिप प्रसाद गौतमले आँफुलाई वास्तविक चन्दन कुमार कायस्थले नै वारेस दिएको दाबी गर्दै आएका छन्, तर उनले देखाएको चन्दन कृष्ण कायस्ताको नागरिकता र वास्तविक चन्दन कृष्ण कायस्थको नागरिकता नम्बर एउटै छ । तर वारेसले भनेका चन्दनकृष्ण कायस्थ भने सम्पर्क्विहिन छन् ।

सक्कली चन्दन कृष्ण कायस्थसँग मालपोत कार्यालयले २०६५ सालमा दिएको लालपुर्जा छ । तर मालपोत कार्यालय रहने मुख्य श्रेस्तामा उनकै विवरणमा अर्कै व्यक्तिको फोटो छ । मालपोत कार्यालयका कर्मचारीका मिलेमतो विना यो सम्भव थिएन ।

अहिले वास्तविक जग्गा धनी अदालती प्रक्रियामा गएका छन् भने, नक्कली जग्गा धनी सम्पर्कमा छ्रैनन् । तर नक्कली जग्गा धनीका वारेस प्रदीप प्रसाद गौतम तथा जग्गा खरिदकर्ता कृष्ण देवकोटा र धुव्र प्रसाद भट्राई प्रहरी थुनामा छन् ।

प्रतिकृया दिनुहोस