केन्द्र सरकारको कर्मचारी सरुवा निर्णय प्रदेश सरकारले नमान्ने

Mp7

काठमाडौं । संघीय सरकारले प्रदेश ७ का विभिन्न स्वास्थ्य संस्थाबाट सरुवा गरेका स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले प्रदेश बाहिर जान रोक लगाएको छ । प्रदेशबाट सरुवा भएर बाहिर धेरै स्वास्थ्यकर्मी जाने र बाहिरबाट नगण्य मात्रामा आउने देखिएको भन्दै संघीय सरकारको सरुवा प्रदेश सरकारले अवज्ञा गरेको हो ।

प्रदेश ७ सरकारको समाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी सरुवा भई बाहिर जाने कर्मचारीलाई रमाना नदिन स्थानीय तहहरुलाई भनेको छ । यस्तै, प्रदेश बाहिरबाट सरुवा भइ आउनेहरुलाई पनि स्वास्थ्य निर्देशनालय डोटीमा सम्पर्क गर्न निर्देशन दिएको छ ।

सरुवा गरिएका हरेक पदमा ति पदहरु पुर्ति नहुँदासम्म हाल सरुवा गरिएका स्वास्थ्यकर्मीहरुलाई यो प्रदेशबाट रमाना गरी पठाउन नसकिने ब्यहोरा जानकारी गराउँछौँ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस