कपिलबस्तुलाई साक्षर जिल्ला घोषणा गरिने तयारी

Kapilbastu news

कपिलवस्तु । कपिलवस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने भएको छ । सामाजिक विकास मन्त्रालयको पहलमा कपिलबस्तुलाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । त्यसका लागि तयारी कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा कृषि मन्त्री चक्रपाणी खनाल, सामाजिक विकास मन्त्री सुदर्शन बराल, राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अलकुफी, महासचिव मौलाना मसहूद खाँ लगायत प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, नगर प्रमुखको पनि सहभागीता थियो ।

राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय महासचिव मौलाना मसहूद खाँले मदरसा पढ्नेले नेपाली नजान्ने भएकाले उनीहरुलाई पनि समेट्न आग्रह गरे । उनले सरकारको निर्देशानुसार मदरसामा नेपाली, अंग्रेजी, गणित, इतिहास जस्ता बिषयहरु मदरसामा पढाई हुन थालेको भए पनि नेपाली विषय बुझाउन समस्या भएको बताए ।

प्रतिकृया दिनुहोस