एयर एसियाको निर्णय : काठमाडौं उडान बन्द गर्ने ! यस्तो छ कारण

Air asia

काठमाडौं । क्वालालम्पुर–काठमाडौं ६ वर्षदेखि उडान भर्दै आएको मलेसियन निजी एयर कम्पनी ‘एयर एसिया’ले उडान बन्द गर्ने निर्णय गरेको छ ।

सातामा ४ वटा उडान भर्दै आएको बजेट एयरलाइन्सको रुपमा चर्चित एयर एसियाले यात्रु अभावको कारण देखाउँदै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयलाई एक वर्ष उडान बन्द गर्नेगरी पत्राचार गरेको छ ।

एयरलाइन्सले तत्कालै नभएर आगामी अक्टोबर १ बाट उडान बन्द गर्न सूचना गरेको हो । एयरलाइन्सका अनुसार नेपालबाट मलेसियाको रोजगारीमा जाने कामदार बन्द भएसँगै यात्रु संख्यामा भने कमी आएको थियो ।

प्रतिकृया दिनुहोस