बाघको आक्रमणबाट महिला घाइते

Gulmi tiger attack

गुल्मी । बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।

धुर्कोट गाउँपालिका वडा aनं.४ जैसिथोक, भुवान गैराखर्क बस्ने ३१ वर्षिय तारादेवी पोखरेल बाघको आक्रमणबाट घाइते भएको स्थानीय कृष्ण अधिकारीले जानकारी दिए ।

बिहान ६ बजे खोरबाट बाख्रा बाहिर निकाल्ने क्रममा उनलाई बाघले झम्टेको थियो । बाघले पोखरेलको अनुहार र गर्धनमा चोट पुर्याएको छ ।

उनको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । बाख्राको खोरमा बसेको बाघले २ वटा बाख्रा समेत मारेको छ ।

 

प्रतिकृया दिनुहोस