उपकुलपतिको कार्यालय तोडफोड

Tu thophod

काठमाडौं । त्रिविको परीक्षा सार्न अनुरोध गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले उपकुलपतिको कार्यालय तोडफोड गरेका छन् ।

तोडफोडबाट उपकुलपति कार्यालयका कुर्सी, दराज, झ्यालका सिसा, सोफा, टेबलमा क्षति पुगेको छ । तोडफोड गरेर विद्यार्थी भागेका थिए ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले स्नातकोत्तर तह र शिक्षक सेवा आयोगको परीक्षाको मिति जुधेकोले त्रिविको परीक्षा सार्न अनुरोध गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले तोडफोड गरेका हुन् ।

बिहीबार उपकुलपति कार्यालय परिसरमा नारावाजीमा उत्रेका विद्यार्थीमध्ये चार जना उपकुलपतिसँग वार्ता गर्ने भन्दै कार्यकक्षमा छिरेर तोडफोड गरेको त्रिवि सूचना शाखाले जनाएको छ ।

त्रिविले भने परीक्षा सार्ने विषयमा छलफल भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस