पार्किङमा राखेको कारभित्र शव फेला !

Car sab fela

काठमाडौं । स्वयम्भु हाइटमा बिहिबार पार्किङ गरेर राखिएको गाडीभित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछि खैलाबैला मच्चिएको छ ।

स्थानीयले लगत्तै प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत स्वयम्भुबाट प्रहरी टोली खटियो । स्वयम्भु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको अवस्थामा रहेको निजी कारमा प्रहरीले एउटा शव फेला पारेको छ ।

बा८ च७०२१ नं.को स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव रहेको थियो । उक्त शव काठमाडौंको नैकाप बस्ने ३२ वर्षिय श्याम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस