जङ्गली हात्ती मृत अवस्थामा फेला

Elephant

भद्रपुर । मेचीनगर नगरपालिका ९ स्थित धानखेतमा बिहीबार बिहान जङ्गली हात्ती मृत फेला परेको छ ।

स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

एक महिनाअघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनमा अर्को हात्ती मरेको भेटिएको थियो ।

प्रतिकृया दिनुहोस