मुल्य वृद्धिप्रति राप्रपा राष्ट्रवादीको असन्तुष्टी

Rpp rastrabadi logo

काठमाडौं । सरकारले बुधबार पेट्रोलिय पदार्थमा मुल्य वृद्धि गरेसँगै विरोध हुन थालेको छ ।

सरकारले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलमा १, मट्टितेल ३ र ग्यास २५ रुपैयाँ मूलय वृद्धि गरेकोमा एककिृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले विरोध जनाएको छ ।

सो पार्टीका सहप्रवत्ता जनकराज पाठकले बिहीबार विज्ञप्ती जारी गर्दै तत्काल मुल्य वृद्धि फिर्ता गर्न माग गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘ जनताको सरकार प्रतिको धैर्य नटुटोस् ।’

सो पार्टीले कुनै कारण स्पष्ट नगरी यसरी मुल्य वृद्धि गर्दा सर्वसाधारण जनताप्रति अन्याय हुने जनाएको छ । ‘हाम्रो पार्टी यो मुल्य वृद्धिप्रति पूर्ण असहमत छ’ सो विज्ञप्तीमा भनिएको छ, ‘तत्काल यो निर्णय फिर्ता गर्न हामी जोडदार माग गर्दछौं ।’

प्रतिकृया दिनुहोस