६० करोडको सम्पत्ति सुटुक्क कर्मचारीको नाममा

Companey rajistar

काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँ बराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ ।

नक्कली कागजपत्रका आधारमा कम्पनी रजिष्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जतियाको शंकर इलेक्ट्रिोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएको हो ।

जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गासमेत गरेर करिब ६० करोडको सम्पत्ति थियो । प्रहरीले चार सरकारी कर्मचारीसहित १२ लाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस