लागूऔषधसहित दुई पक्राउ

Pagal haru

धादिङ । लागूऔषध बोकेर हिँडिरहेको अवस्थामा बुधबार राति दुई जनालाई पक्राउ गरेको छ ।

गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारमा लागूऔषध बोकेर हिँडिरहेको अवस्थामा सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जि.सी. र ३३ वर्षीय को रमेश गुरुङलाई पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।

उनीहरुको साथबाट १०० एम.एल. को कोरेक्स थान १८ बोतल र निट्राभाट–१० ट्याबलेट ५१ थानसहित पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस