मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ

Bike chor

रुपन्देही । मोटरसाइकल चोरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा नवलपरासीको सुनवल १९ का अवजल वली, रुपन्देहीको देवदहका सागर थापा मगर र बुटवल ११ का अजय चौधरी तथा गैडहवाका विष्णु क्षेत्री रहेका छन् ।

उनीहरुले भदौ १५ गते बुटवल राजमार्ग चौराहबाट कमला मल्लको लु११ प६६४ नं.को मोटरसाइकल, भदौ १८ गते राति बुटवल सिद्देश्वरीबाट लु२५ प३७५७ नं.को मोटरसाइकल र बुटवल फूलबारीबाट रामबहादुर बरालको लु३७ प५४१५ नं.को मोटरसाइकल चोरी गरेको आरोप प्रहरीले लगाएको छ ।

चोरी गरेका मोटरसाइकल भारततर्फ लैजाने क्रममा उनीहरु पक्राउ गरेका प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस