करेन्ट लागेर दुई जनाको मृत्यु

Sab

बाजुरा । कोल्टीमा करेन्ट लागेर बुधबार दुई जनाको मृत्यु भएको छ ।

बूढीनन्दा नगरपालिका-३ मेलढुस्काका ४५ वर्षीया साउनी कला बोहरा र ५० वर्षीय बुदे बोहराको मृत्यु भएको छ ।

कोल्टीको बड्डीगार्ड खोला लघुजलविद्युत्को तार चुँडिएर खेतमा परेको अवस्थामा बारी गोड्न गएका बेला साउनी कलाको मृत्यु भएको होे । मृत्यु भएको जानकारीपछि उद्धारका लागि गएका बुदे बोहराको पनि करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतबारीमा काम गर्न गएको बेला पोल ढलेर तार खेतबारीमा फैलिएको अवस्थामा करेन्ट लागेर दुबै जनाको मृत्यु भएको साउनीकलाका छोरा धनबहादुर बोहाराले बताए ।

जलविद्युत् आयोजनाको लापरवाहीका कारण दुईजनाले ज्यान गुमाउनु परेको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस