इन्धनको मूल्य बढेको बढ्यै, पेट्रोल प्रतिलिटर ११२

Petrol mulya

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि मूल्य वृद्धि गरेको छ ।

आयल निगमले बुधबार रातिदेखि पेट्रोलमा १, डिजेल र मट्टितेलमा ३ तथा ग्याँसमा २५ रुपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय १२, डिजेल प्रतिलिटर ९८ र खाना पकाउने एलपी ग्याँसको प्रतिसिलिन्डर एक हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।

बढाइएको मुल्य बुधबार राति १२ बजेदेखि लागू भएको निमित्त कार्यकारी निर्देशक सुशिल भट्टरार्इले बताए । बढ्दो घाटालार्इ न्यूनिकरण गर्न मूल्य वृद्धि गरेको निर्देशक भट्टरार्इले बताए ।

प्रतिकृया दिनुहोस