धरौटी बुझाए पनि फेरि पक्राउ परे प्रकाण्ड

Prakanda vojpur

भोजपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता फेरि पक्राउ परेका छन् ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई भोजपुर जिल्ला अदालतले बुधबार ६० हजार धरौटीमा छाड्ने आदेश दिएको छ । आदेश लगत्तै उनले अदालतमा धरौटी रकम नगद बुझाएका थिए ।

अदालतमा धरौटी बुझाए पनि प्रहरीले दाङमा अर्को मुद्दा रहेको भन्दै उनलाई पक्राउ गरेको छ ।

प्रकाण्डविरुद्ध दर्ता भएका तीन वटै मुद्दामा अदालतले धरौटी माग गरेको थियो । बम बिष्फोट, ज्यान मार्ने उद्योग मुद्दामा जनही २५ हजार रुपैयाँ र आगजनीमा १० हजार रुपैयाँ धरौटी माग भएको हो ।

प्रतिकृया दिनुहोस