अमेरिकामा तीज विशेष कार्यक्रम सम्पन्न

Photo teej america

काठमाडौं । अमेरिकामा बस्ने नेपालीहरुले तीज विषेश कार्यक्रम गरेका छन् । अमेरिकाको जर्सीसीटीमा रहेका नेपालीहरुले नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रमको आयोजना गरेका हुन् ।

कारणका लागि महिला (डब्लुएफसी) ले जर्सीसिटी, अमेरिकामा गत सोमवार आयोजना गरेको सो कार्यक्रममा जर्सीसिटीमा बस्ने नेपाली महिला दिदि बहिनीहरुले दुःख सुख साटासाट गरे ।

सो अवसरमा जर्सीसिटीका मेयरका सल्लाहकार तथा दलित महिला उत्थान संघ (एड्वान) की संस्थापक डा. बिष्णुमाया परियार, (डब्लुएफसी) का अध्यक्ष गीता पोखरेल लगायतले महिलामाथि हुने हिंसाका विरुद्ध संसारभर आवाज उठाउन आग्रह गरे ।

 

प्रतिकृया दिनुहोस