खुला सिमाना नेपालका लागि ठूलो चुनौति : बिज्ञ

Sima karak

काठमाडौं । खुला सिमाना नेपालका लागि पछिल्लो समय चुनौतिको रुपमा रहेको बिज्ञहरुले बताएका छन् ।

खुला सिमाना अवसर र चुनौति बिषयक आज राजधानीमा भएको कार्यक्रममा बिज्ञहरुले खुला सिमानाका कारण नेपालमा बिभिन्न आपराधिक घटनामा बृद्धि भएको बताएका हुन् ।

खुला सिमानाको फाईदा नेपाल जस्ता साना मुलुकले लिन नसकेको भन्दै उनीहरुले खुला सिमानाको प्रयोग ठूलो र सानो मुलुकको लागि समान हुनु पर्नेमा जोड दिए ।

सिमाबिद् बुद्धिनारायण श्रेष्ठले खुला सिमाना आपसी हीतका लागि भन्दा अपराधिक गतिबिधिमा बढी प्रयोग भएको बताए ।

नेपालको अन्तर्रा्ष्ट्रिय सिमा नियमनको अवस्था सन्तोषजनक नभएको उनको भनाई थियो ।

कार्यक्रमका अन्य वक्ताहरुले पनि खुला सिमाना आवश्यक भए पनि प्रयोगमा कडाई गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस