लागुऔषध चरेशसहित धामी पक्राउ

Pakrau

कैलाली । लागुऔषध चरेशसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चुरे गाउँपालिका वडा नं.५ निङलाडी बस्ने ३० वर्षिय पुर्णबहादुर धामी पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनलाई प्लाष्टिकको झोलामा ८ सय ग्राम चरेश बोकेर मंगलबार राति बिक्रीका लागि बजार जाँदै गरेको अस्थायी प्रहरी पोष्ट खानिडाँडाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

राति नै जिल्ला प्रहरी कार्यालय धनगढीमा लगि थप अनुसन्धान गरीरहेको प्रहरीको भनाई छ ।

 

प्रतिकृया दिनुहोस