बिरलै पाइने दाहिने शंख बरामद

Dahine sankh

धादिङ । बिरलै पाइने दाहिने शंख प्रहरीले फेलापारेको छ ।

एक वृद्धले भूकम्पले भत्काएको घर बनाउन जाने क्रममा भेटेर घरमा ल्याएर सोमबार बिक्री गर्न हिंडेका बेला प्रहरीले बरामद गरेको हो ।

कुन कसुरमा कारबाही गर्ने भन्ने टुंगो नलागेको र पुरातत्व विभागबाट कति वर्ष पुरानो शंख भन्नेबारे परिक्षण भएपछि मात्रै ति वृद्ध र उनका छोरालाई पक्राउ गरिने जानकारी प्रहरीले दिएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी रामदत्त जोशीका अनुसार दाहिने शंख ५० लाख रुपैंंयामा बिक्री गर्न हिंडेको अवस्थामा थानकोटबाट बरामद भएको हो ।

प्रतिकृया दिनुहोस