एक बेवारिसे शव फेला

Sab

खोटाङ । खोटाङमा मंगलबार एक व्यक्तिको शव फेला परेको छ ।

रावाबेसी गाउँपालिकाको रवुवाघाटमा सडेको अवस्थामा वेवारिसे शव फेला परेको हो ।

रवुवाघाटमा रहेको खोलाको भंगालोमा बालुवामा टाउको गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

घटनाको प्रकृति हेर्दा खोलाले बगाएर ल्याएको हुन सक्ने र मृतककको शव सडेको अवस्थामा भेटिएकोले पहिचान गर्न सकिएको छैन ।

अन्दाजी २२ वर्ष उमेरको जस्तो देखिने शवमा किरा परेको र छुँदा मासु खस्ने अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

वेवारिसे शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलिले पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल दिक्तेल ल्याएको केसीले जानकारी दिए ।

कोही व्यक्ति हराएको भए जानकारी गराइदिन भन्दै सबैतिर जानकारी गराइएको तर कोही पनि मानिस सम्पर्कमा नआएकोले शव पहिचान गर्न समस्या भएको केसीको भनाई छ ।

प्रतिकृया दिनुहोस