टिप्परको ठक्करबाट दुई जनाको मृत्यु

Accide

धनुषा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धारापानीमा सवरी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

बुधबार बिहान १० बजे टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो ।

पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना १ प ६१८९ नम्बरको टिप्परले स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई अभरटेक गर्ने क्रममा किचेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतकको अहिलेसम्म पहिचान भइसेकेको छैन । शवलाई पोष्टमार्टमकालागि जनकपुर अञ्चल अस्पतालमा ल्याएकोे ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ठक्कर दिने टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय धारापानीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस