चट्याङ लागेर एकको ज्यान, २ जनाको अवस्था गम्भीर

Lightning

इलाम । मंगलबार इलाममा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।

माई नगरपालिका–६ की २७ वर्षीया कुमारी योङहाङ लिम्बूको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, चट्याङ लागेर सोही नगरपालिकाकी २२ वर्षीया माया लिम्बू र पवित्रा लिम्बू सख्त घाइते भएका छन् । घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्य मायाको अवस्था गम्भीर रहेको छ । अर्की २२ वर्षीया पवित्राको भन खतरामुक्त अवस्थामा उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस