सल्यानमा पहिरोले घर बगाउँदा एकै घरका ३ जना बेपत्ता

Pahrlo file foto

सल्यान । लगातारको वर्षाले सल्यानको बागचौरमा घर पहिरोले बगाउँदा एकै घरका ३ जना बेपत्ता भएका छन् ।

जिल्लाको बागचौर नगरपालिका वडा नं. १२ बाफुखोलास्थित ओख्रेनी मुलखोलामा आइतबार साँझ ५ बजेतिर बालाराम डाँगीको घर पहिरोले बगाउँदा उनका ३ छोराछोरी बेपत्ता भएका छन् ।

पहिरोले बगाउँदा डाँगीका ८ वर्षीय छोरी ललिता डाँगी, ५ वर्षीय दिपक डाँगी र अर्की एक बालिका बेपत्ता भएकी छन् । लगातार वर्षा भइरहेकाले सो क्षेत्रमा सम्पर्क पनि विच्छेद भएकाले उद्धारमा लाग्न कठिनाई भइरहेको वडा अध्यक्ष दिपक वलीले बताए ।

सो ठाउँमा पहिरो गएको खवर आएसँगै घटनास्थलतर्फ प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर वलीले जानकारी दिए ।
यसैबीच बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले सम्बन्धित १२ नं. वडाका जनप्रतिनिधिहरूलाई स्थानीय स्रोत साधन र जनशक्तिलाई पचिालन गरी उद्दार कार्यमा खटिन निर्दशन दिएका छन् ।

 

प्रतिकृया दिनुहोस