पत्रपत्रिका वर्गिकरणमा पत्रकार महासंघले जनायो असहमति

Fnj photo

काठमाडौं । नेपाल पत्रकार महासंघले हालै गरिएको पत्रपत्रिका बर्गिकरणप्रति असन्तुष्टि जनाएको छ ।

महासंघ अन्तर्गतको साना लगानीका मिडिया हक हित संरक्षण समितिले प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठलाई पत्रपत्रिका बर्गिकरणमा असन्तुष्टि जनाउँदै पुनर्विचार गर्न आग्रह गरेको छ ।

साना लगानीका मिडिया हकहित संरक्षण समिति सहसंयोजक गोपाल बराइलीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले काउन्सिलका अध्यक्ष श्रेष्ठलाई ५ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रेस काउन्सिल नेपालले हालै गरेको पत्रपत्रिका बर्गिकरणमा साना लगानीका मिडियालाई विभेद गरिएको, बर्गिकरणको तह घटुवा गरिएको, हुबहुमा राखिएको, निरन्तर प्रकाशन भइरहेका तर, प्रक्रिया पु¥याउन नसकेका पत्र पत्रिकालाई बर्गिकरणमा नपारिएको, प्रेस काउन्सिलमा चिनजान र भनसुनकै आधारमा मात्रै पनि त्यस्ता पत्रपत्रिकालाई बर्गिकरणमा उच्च प्राथमिकता दिइएको जस्ता गुनासो आएकाले महासंघको गम्भीर ध्यानाकर्षण भएको सो समितिले जनाएको छ ।

सो ध्यानाकर्षण पत्रमा प्रेस काउन्सिल नेपालले गरेको बर्गिकरणलाई चित्त नबुझी पुनःमुल्यांकनका आएका मागहरुको उचित सम्बोधन गरिनुपर्ने, हाल बितरण गरिँदै आएको लोक कल्याणकारी बिज्ञापन वापतको रकम दोब्बर बनाइनुपर्ने, साना लगानीका मिडिया संरक्षणका लागि छुट्टै नीति बनाइनुपर्ने, साना लगानीका मिडियाको बर्गिकरण गरिँदा निश्चित मापदण्ड अपनानुपर्ने, एकपटक बर्गिकरण गरिएका पत्रपत्रिकालाई पुनः अर्काे पटक वर्गिकरण गरिरहनु नपर्ने र जुन वर्गमा परेको हो, त्योभन्दा माथि जान चाहनेले पुनः बर्गिकरणका लागि व्यवस्था मिलाइनुपर्ने र हाल बितरण गरिँदै आएको लोक कल्याणकारी बिज्ञापन वापतको रकम दोब्बर बनाइनुपर्ने माग गरेको छ ।

सो ज्ञापन पत्र बुझ्दै काउन्सिलका कार्यबहाक अध्यक्ष श्रेष्ठले महास.घको मागप्रति आफु पनि गम्भीर रहेको र जतिसक्दो समाधान गर्ने प्रतिवद्धता जनाए ।

यस्तो छ ध्यानाकर्षण पत्र

नेपालको पत्रकारिता पेशालाई मर्यादित बनाउँदै नेपालमा प्रकाशन भइरहेका साना लगानीका सञ्चार माध्यमहरुको संरक्षण गरिनु सबैको दायीत्व हो । खासगरी नेपालको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायत अन्य परिवर्तनका लागि साना लगानीका सञ्चार माध्यमहरुले जुन भूमिका निर्वाह गरेका थिए र छन्, त्यसलाई हामीले भुल्न सक्दैनौं । यदी हामीले त्यसलाई भुल्ने प्रयास ग¥यौं भने साना लगानीबाट सञ्चालन भइरहेका सञ्चार माध्यमको अवमुल्यन हुनेछ भन्ने हाम्रो ठहर हो ।

यसै सन्दर्भमा प्रेस काउन्सिल नेपालले हालै गरेको पत्रपत्रिका बर्गिकरणमा साना लगानीका मिडियालाई विभेद गरिएको, बर्गिकरणको तह घटुवा गरिएको, हुबहुमा राखिएको, निरन्तर प्रकाशन भइरहेका तर, प्रक्रिया पु¥याउन नसकेका पत्र पत्रिकालाई बर्गिकरणमा नपारिएको, प्रेस काउन्सिलमा चिनजान र भनसुनकै आधारमा मात्रै पनि त्यस्ता पत्रपत्रिकालाई बर्गिकरणमा उच्च प्राथमिकता दिइएको जस्ता गुनासो आएको छ । यस्ता गुनासा आउनु पक्कै पनि राम्रो होइन । काठमाडौं लगायत देशभरबाटै प्रकाशन भइरहेका साना लगानीका सञ्चार माध्यमलाई गरिएको विभेद नै मुख्य कारण हो । यसप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल पत्रकार महासंघको मिति २०७५ भाद्र ३ गते बसेको उपलब्ध केन्द्रीय कार्यसमितिको बैठकले देशभर प्रकाशन भइरहेका साना लगानीका सञ्चार माध्यमहरुको अवस्था, गुनासो र समाधानका लागि नेपाल पत्रकार महासंघको साना लगानीका मिडिया हक हित संरक्षण समितिलाई जिमेवारीसमेत प्रदान गरेको यहाँलाई अवगत गराउन चाहन्छौं । त्यसयता समितिले नेपाल पत्रकार महासंघका सबै जिल्ला प्रदेश, जिल्ला शाखा, एसोसियट सदस्य र साना लगानीका मिडिया सञ्चालकहरुसँग छलफल गरी प्राप्त भएका सुझाव समेतका आधारमा निम्न मागसहित प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराउन चाहन्छौं ।

हाम्रा मागहरु
१, प्रेस काउन्सिल नेपालले गरेको बर्गिकरणलाई चित्त नबुझी पुनःमुल्यांकनका आएका मागहरुको उचित सम्बोधन गरियोस् ।

२, साना लगानीका मिडिया संरक्षणका लागि छुट्टै नीति बनाइयोस् ।

३, साना लगानीका मिडियाको बर्गिकरण गरिँदा निश्चित मापदण्ड अपनाइयोस् ।

४, एकपटक बर्गिकरण गरिएका पत्रपत्रिकालाई पुनः अर्काे पटक वर्गिकरण गरिरहनु नपर्ने र जुन वर्गमा परेको हो, त्योभन्दा माथि जान चाहनेले पुनः बर्गिकरणका लागि व्यवस्था मिलायोस् ।

५, हाल बितरण गरिँदै आएको लोक कल्याणकारी बिज्ञापन वापतको रकम दोब्बर बनाइयोस् ।

प्रतिकृया दिनुहोस