श्रीमती हुँदाहुँदै कान्छी श्रीमती भित्राउने युवक र कान्छी श्रीमती पक्राउ

2nd wedding

पाँचथर । श्रीमती हुँदाहुँदै कान्छी श्रीमती भित्राउने युवक र कान्छी श्रीमती बन्न आउने युवती पक्राउ परेका छन् ।

फाल्गुनन्द गाउपालिका–६ का २९ वर्षीय गणेश चेम्जोङ र २५ वर्षीया सुस्मिता लिम्बूलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

चेम्जोङले भदौ १ गते ताप्लेजुङको त्रिवेणी गाउँपालिकाकी २५ वर्षीया सुस्मिता लिम्बूलाई कान्छी श्रीमतीको रुपमा भित्राएका थिए ।

आफू सवल र सक्षम हुँदाहुँदै श्रीमानले कान्छी श्रीमती भित्र्याएकोले कानुनबमोजिम पक्राउ गरी कारबाही गर्न सुशीला चेम्जोङले प्रहरी दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई तेह्रथुमको सक्रान्ति बजारबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताए ।

प्रतिकृया दिनुहोस