एक वृद्ध मृत अवस्थामा फेला

Sab

कञ्चनपुर । बेलौरी नगरपालिका ७ गणेशपुरका ६० वर्षीय पसी रानाको नहरमा डुबेको अवस्थामा आएतबार शव फेला परेको छ ।

सिमपुरदेखि टेडिया जाने भगतपुरस्थित नहरमा रानाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

स्थानीय बासिन्दाले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणपश्चात आफन्तलाई जिम्मा लगाइएको छ ।

 

प्रतिकृया दिनुहोस