यी ठाउँमा हुनुहुन्छ ? फ्री वाइफाइको मज्जा लिनुहोस्

Wifi

काठमाडौं । काठमाडौंको हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्री वाइफाइ सेवा सुरु गरिएको छ ।

काठमाडौं महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाइसधारा उद्यान र शंखपार्कमा फ्री वाइफाइ सेवा सुरु गरेको हो ।

एक पटक वाइफाई चलाउनेले ३० मिनेट सेवा लिएपछि सिस्टमले उसलाई त्यस दिन कनेक्सन हुनबाट रोक्नेछ । तर अर्को एक्सेस प्वाईन्टबाट सो सेवा लिन पाउने व्यवस्था गरिएको वल्र्ड लिंकका आयोजना प्रमुख लक्ष्मण यादवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस