एक कर्मचारी बैंकमा जम्मा गर्न लगेकोे सवा दुई लाख टेवलबाटै गायव

Everes bank

रुपन्देही । बुटवस्थित एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका एक व्यक्तिको दुई लाख २३ हजार रुपैयाँ चोरी भएको छ ।

बुटवलको एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका नेपालगञ्ज रोडमा रहेको दूर्गा प्लाष्टिक हाउसका कर्मचारी दिनेश ज्ञवालीको रकम बिहान साढे १० बजेतिर चोरिएको हो ।

दिनेशले बैंकभित्र रहेको टेबलमा पैसाको बिटो निकालेर राखी भौचर भर्दै गर्दा छेउमा रहेका अपरिचित व्यक्तिले रकम चोरेर भागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले जानकारी दिए ।

रकम चोरी भएपछि बैंकको सीसीटीभीमा हेर्दा ज्ञवालीले पैसा राखेको टेबलको कुर्सीमा व्यक्ति बसेको देखिएको बैंकलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

रकम जम्मा गर्न गएका व्यक्तिको लापरवाहीका कारण रकम चोरी भएको डीएसपी मल्लले बताए । चोरी गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस