मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

Motercycle acciden 750x422

मोरङ । पूर्व-पश्चिम राजमार्गको पथरीशनिश्चरे नगरपालिका-२ स्थित गए राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३ प७९०९ नं।को मोटरसाइकलको ठक्करबाट तेह्रथुमको लालीगुँरास नगरपालिका-२ घर भएका ५५ वर्षिय उद्धव मोते गम्भीर घाइते भएका थिए ।

घाइते मोतेलाई उपचारका लागि स्थानीय पथरी अस्पतालमा पुर्याउने बित्तिकै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिकृया दिनुहोस