मोटरसाइकल दुर्घटनामा हबल्दारको मृत्यु

A

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर नजिक मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।

भीमदत्तनगरपालिका-१८ खैरभट्टीका करिब ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको जनाएको छ । उनी उग्रतारा सशस्त्र प्रहरी गण टिकापुरमा कार्यरत थिए ।

भट्ट सवार से २ प ९६६९ नम्बरको मोटरसाइकल र से १ ज ८६२ नम्बरको भ्यान आपसमा ठोक्किँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

दुर्घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटिएका भट्टलाई प्रहरीले तत्कालै उपचार गर्न अत्तरियाको अस्पतालमा लगेको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको हलद्धानीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने भ्यान र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस