बढ्न थाल्यो सीमा क्षेत्रमा भारतीय प्रहरीको दादागिरी

Ssb indian sena

बर्दिया । भारतीय सीमा रहेका हरेक नेपालीले भारतीय सुरक्षाकर्मीबाट बारम्बार पीडित बन्नुपरेको छ ।

यसैक्रममा बर्दियाको सीमावर्ती राजापुरमा केही दिनदेखि भारतीय सुरक्षाकर्मीलेअनेक बहानामा नेपालीलाई दुःख दिन थालेका छन् । भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गत आइतबार राजापुर–६ का गोपाल चन्दा घाइते भएका ।

उनको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गरिएको छ । उपचारपछि चन्दको अवस्था सामान्य भएको छ । तर पनि सीमा नजिक बसोबास भएकाले भारतीय सुरक्षाकर्मीले चन्दलाई पुनः आक्रमण गर्ने हो कि भनेर उनको परिवार अझै त्रसित छ ।

यो मात्रै होइन, भदौ ५ गते जंगलमा माछा मार्न हिँडेका बेला बेपत्ता भएका इन्द्रबहादुर थारुको खोजी गरिदिन परिवारले निवेदन दिए । बेपत्ता भएको नौ दिनपछि बिहीबार थारुको शव भारतीय जंगलमा फेला पर्‍यो ।

क्षतविक्षत अवस्थामा फेला परेको शव पोस्टमार्टमका लागि भारतीय सुरक्षाकर्मीले बहराइच पुर्‍याएका थिए । त्यहाँ पुगेका उनका भाइ गणेश थारुलाई भारतीय पक्षले शव दिएको छैन ।

राजापुर नगरपालिका–६ स्थित सीमावर्ती गाउँ करमोहनी र महुवाबाट ४५ वर्षीय वीरेन्द्रबहादुर शाह र ४३ वर्षीय बालकृष्ण चौधरी भदौ ५ बाट बेपत्ता छन् । शाह र थारुलाई भारतीय पक्षले बेपत्ता पारेको आशंका छ ।

यसरी सधैं भारतीय सुरक्षाकर्मीको हेपाहा प्रवृतिका कारण सीमा क्षेत्रमा बस्ने अधिकांस नेपाली पीडिन बन्नुपरेको छ । यस्तो अवस्थामा सरकार र नेपाली सुरक्षाकर्मीले पनि केही गर्न सकेका छैनन् । त्यसका लागि संघीय सरकारले कुटनीतिक तवरबाट भारतीय सुरक्षाकर्मीको ज्यादती रोक्नुपर्ने स्थानीयको माग छ ।

प्रतिकृया दिनुहोस