यतीको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएर घाँसे मैदानमा

Yeti

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आएको यती एयरलाइन्सको जेट स्ट्रीम विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको छ ।

२१ यात्रु बोकेर आएको विमानका सबै यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ । तर पाँच यात्रुलाई सामान्य चोट लागेको स्रोतले जनायो ।

धावनमार्गमा विमान चिप्लिएपछि केही जहाज आकाशमै होल्ड भए ।

कोटेश्वरतर्फबाट अवतरण गरेको जहाज चिप्लिँदा अगाडिको ल्यान्डिङ गियर (पाङ्ग्रा) भाँच्चिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बताए ।

शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो ।

 

प्रतिकृया दिनुहोस