भदौं १६ अर्थात् नेपालीले सम्झिरहने त्यो कालो दिन

Irak ghatana

काठमाडौं । ०६१ भदौ १६ गते सुन्नी अतिबादी संगठन इस्लाम अल सुन्नी समूहले क्रुरतापूर्वक हत्या गरेका थिए । घटना भएको आज १४ वर्ष पूरा भएको छ । परिवारका सदस्यले त्यो पीडा अझैं बिर्सन सकेका छैनन् ।

कतिको भविश्य चकनाचुर भयो । विश्वलाई नै सो घटनाले स्तब्ध बनायो । आज पनि वैदेशिक रोजगारमा जाने युवायुवतीहरुले त्यो कहाली लाग्दो त्यो घटनालाई सम्झने गर्दछ ।

आज भन्दा १४ वर्षअधि अर्थात् ०६१ भदौ १६ गते सुन्नी अतिबादी संगठन इस्लाम अल सुन्नी समूहले ईराकमा १२ जना नेपालीलाई बन्धक बनाएर घाँटी रेटेर हत्या गरेको थियो ।

१२ जना नेपालीको सामूहिक हत्या भएपछि भदौ १६ गते राजधानी काठमाडौंमा अधिकांश म्यानपावर कम्पनीका कार्यालयमा आगलागी र तोडफोड भएको थियो । इराकमा मारिएका नेपालीहरुका भिडियो भदौ १५ गते सार्वजनिक भएपछि काठमाडौंमा एकाएक दंगा बढेको थियो ।

त्यस घटना यता वैदेशिक रोजगार व्यवसायीहरुले भदौ १६ लाई कालो दिनको रुपमा स्मरण गर्ने गरेका छन् । प्रत्येक भदौं १६ गते उनीहरुले कालो दिन सम्झेर मेन पावर कम्पनी एक दिन बन्द गर्छन् । संयोज आज शनिबार परे पनि उनीहरुले कालो दिनलाई सम्झिए ।

रोजगारीका सिलसिलामा इराक पुगेका १२ जनामध्ये धनुषाका ४ जनाको हत्या भएको थियो । धनुषा महेन्द्रनगर –१ का मनोजकुमार ठाकुर, बुधनकुमार साह, हरिहरपुर –२ का ललनसिंह कोइरी र मानसिंपट्टी –१ का सञ्जयकुमार ठाकुर थिए ।

गोरखा बक्राङ–५ का जीतबहादुर थापा, खोटाङ, काहुले –४ का ज्ञानेन्द्र श्रेष्ठ, खोटाङ चिसापानी –८ का राजेन्द्रकुमार श्रेष्ठ, ललितपुर लेले –८ का रमेश खड्का, धनकुटा हात्तिखर्क –४ का मंगलबहादुर लिम्बु, रोल्पाका छोकबहादुर थापा, झापा तोपगाछी –७ का प्रकाश अधिकारी र लमजुङ भोटेओढार –५ का विष्णुहरी थापाको हत्या भएको थियो ।

हत्या गरिएका १२ जना नेपाली अबैध बाटो हुँदै इराक पुगेका थिए । देशको मेरुदण्ड भनिने युवायुवतीहरुको एक मात्र विकल्प भनेकै वैदेशिक रोजगार हो । लामो समयदेखि देशमा बेरोजगार युवायुवतीहरु दिन प्रतिदिन बढिरहेका छन् ।

प्रतिकृया दिनुहोस