टंकप्रसाद प्रतिष्ठानमा पुनः रिमाल निर्वाचित

Tank prasad pratisthan

काठमाण्डौ । टंकप्रसाद आचार्य स्मृती प्रतिष्ठानको २५ औं साधारण सभाले अरबिन्द रिमालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।

सो प्रतिष्ठानको उपाध्यक्षमा प्रा. डा. राजेश गौतम, महासचिबमा डा. मीना आचार्य, कोषाध्यक्षमा शुरेस शत्याल, सदस्यहरुमा बाबुराम आचार्य, प्रा.डा.शोभा पोख्रेल, शान्ता मानबी, नेत्रबिक्रम थापा, रामजीप्रसाद उपाध्याय पोख्रेल र बद्रीबहादुर कार्की निर्वाचित भएका छन् ।

निर्वाचित अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन कमिटी संयोजकको रुपमा रहेका सीमाबिद बुद्धीनारायण श्रेष्ठले माला लगाएर सम्मान गरेका थिए ।

औपचारिक रुपमा चीन भ्रमण गर्ने नेपालका पहिला प्रधानमन्त्रीका रुपमा परिचित पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्य स्मृतीमा स्थापित सो प्रतिष्ठानको २५ औं साधारण सभाले निजामती अस्पताललाई टंकप्रसाद आचार्य निजामती अस्पताल नामाकरण गर्न नेपाल सरकारलाई प्रतिष्ठानका तर्फबाट अनुरोध गर्ने बिशेष प्रस्ताव पास गरेको छ ।

सो साभारणसभामा पुनः निर्वाचित अध्यक्ष रिमालले आगामी प्रतिष्ठानलाई अग्रगती दिन सबै मिले अगाढी बढ्नुपर्ने बताए । कार्यक्रम संचालन प्रतिष्ठानका कार्यकारी निर्देशक गोबिन्द दुलालले गरेका थिए ।

प्रतिकृया दिनुहोस