संयोग : आए राहुल, फर्किए मोदी

Narendra modi farkiye

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

बिहीबार बिहान नेपाल आएका मोदी शुक्रबार साँझ स्वदेश फिर्ता भएका हुन् । चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए ।

मोदीलाई बिदाइ गर्न उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव त्रिभुवन अन्तराष्ट्रिय विमास्थल पुगेका थिए । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मोदीलाई स्वागत गरेका थिए ।

बिहीबार बिमस्टेक सम्मेलनमा सम्बोधन गरेका मोदीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता, रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सम्झौता–पत्रमा हस्ताक्षर, पशुपति क्षेत्रमा भारत सरकारले निर्माण गरेको नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन र पशुपतिनाथको दर्शन गरेर स्वदेश फिर्ता भएका हुन् ।

चौथो शिखर सम्मेलनमा सहभागी भएर म्यान्माका राष्ट्रपति विन मिन्त शुक्रबार स्वदेश फर्किएका छन् । राष्ट्रपति मिन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाइ गरे ।

यता, भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं आइपुगेका छन् । व्यक्तिगत भ्रमणमा आएका उनी लाजिम्पाटस्थित र्‍याडिसन होटलमा बसेका छन् ।

उनी आज पशुपतिको दर्शन गरेर मानसरोबर यात्रामा निस्कने छन् । राजनीतिक भेटघाट कार्यक्रम नभएको उनलाई नेपाल प्रहरीले सुरक्षा दिएको छ । संयोग नै मान्नु पर्छ ।

प्रतिकृया दिनुहोस